Sun. Apr 19th, 2026

यहुदी काङ्ग्रेसको सम्मेलनमा इजरायलमा ५० देशका १२० यहुदी नेता सहभागी

       

तेल अवीव, २०८० जेठ २८ गते आईतबार । इजरायलको विदेश मन्त्रालयले बुधबार विश्व यहुदी काङ्ग्रेसको प्रतिनिधिमण्डलको आयोजना गरेको छ । इजरायलको ७५औँ वार्षिकोत्सव मनाउँन आएका विभिन्न ५० देशका १२० भन्दा बढी यहुदी नेताहरूले सो सम्मेलनमा भाग लिएका छन् ।

यस “बृहत् प्रतिनिधिमण्डल”को उद्देश्य “इजरायलका नागरिकसँग समर्थन र ऐक्यबद्धता देखाउनुका साथै हामीबीच साझारूपमा देखिएका विभिन्न मुद्दामा वार्तालापलाई बढावा दिनु हो ।”

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विश्व यहुदी काङ्ग्रेसका कार्यकारी निर्देशक अर्न्स्ट रोजेनबर्गले भने, “हामी यहाँ स्पष्ट सन्देश दिन आएका छौँ, हाम्रा चुनौती साझा छन्, हाम्रा विचार साझा छन्, हामी यहाँ ऐक्यबद्धता व्यक्त गर्न आएका हौँ ।”

परराष्ट्र मन्रो लय र डायस्पोरा डिभिजनले यहुदी जनतासँगको सम्बन्धलाई जोगाउन र सुदृढ गर्नका लागि जेरुसेलम र विश्वभरका सबै इजरायली दूतावासबाट काम गरिरहनेछ ।

“हामी हाम्रो ७५औँ वार्षिकोत्सवसँगै मनाउन पाउँदा खुसी र कृतज्ञ छौँ । देश र वार्ताका लागि प्रतिबद्ध छौँ ।” सहभागीले भनेका छन् ।

Facebook Comments