Sun. Nov 24th, 2024

प्रधानमन्त्री दाहालसँग सुरक्षा सल्लाहकार डोभालको भेट   

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई नयाँ दिल्लीस्थित मौर्य होटेलमा भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त / रासस

  -रमेश लम्साल (विशेष संवाददाता)   

नयाँ दिल्ली, २०८० जेठ १७ गते बुधबार । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री दाहाललाई भेट्न डोभाल उहाँ बस्नुभएको होटल मौर्यमा पुग्नुभएको थियो । आज अपराह्न भएको सो भेटमा द्विपक्षीय हित र चासोका बारेमा कुराकानी भएको थियो ।

यसैबीच आजै प्रधानमन्त्री दाहालसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले पनि भेटवार्ता गर्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री दाहाल चारदिने भारत भ्रमणका लागि आजै नयाँ दिल्ली आइपुग्नुभएको हो ।

Facebook Comments