Tue. Apr 30th, 2024

ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु ,२६ जना घाइते   

सोमबार राति भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेतालघाटमा सडक दुर्घटनामा परी मृत्यु भएका सात जना नेपालीको शव आज नेपाल ल्याइँदै ।         

सुदूरपश्चिम, २०७९ चैत ७ गते मंगलबार । कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका–७ मा गए राति से१च ८८७० नंको ट्रलीसहितको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी अन्य २६ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी घाइते भएका भजनी नगरपालिका–९ का अन्दाजी १५ वर्षीया चाहाना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको उपचारका क्रममा मृत्यु भएको छ ।

अन्य घाइतेको घोडाघाडी अस्पताल र बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ । कैलालीको सुगरखालबाट भजनीतर्फ गइरहेको उक्त ट्र्याक्टर गुडिरहेकै अवस्थामा अनियन्त्रित भई सडकमै पल्टिएर दुर्घटना भएको जनाइएको छ । चालक भजनीका सुरज चौधरीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । रासस

Facebook Comments