ताजिकिस्तानमा हिमपहिरोमा परी दश जनाको मृत्यु
दुशान्बे, ताजिकिस्तान, २०७९ फागुन ३ गते बुधबार । ताजिकिस्तानमा बुधबार आएको हिमपहिरोमा परी १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
अफगानिस्तानसँग सीमा जोडिएको अर्ध स्वायत्त पूर्वी क्षेत्र गोर्नो-बदख्शानमा हिमपहिरोमा परी नौ जनाको मृत्यु भएको उक्त देशको विपत् व्यवस्थापन सेवाले जनाएको हो ।
त्यसैगरी, विशाल पामिर पर्वतले घेरिएका कम जनसङ्ख्या भएको राजधानी दुशान्बे नजिकैको राजमार्गमा हिमपहिरोमा परी अन्य एक जनाको मृत्यु भएको छ ।
यसैबीच, ताजिकिस्तानका राष्ट्रपति एमोमाली रहमोनले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । पूर्व सोभियत सङ्घको सबैभन्दा गरिब राष्ट्रमध्येको एक ताजिकिस्तानले नियमित रूपमा पहिरो र भूकम्पजस्ता प्राकृतिक प्रकोपको सामना गर्दै आएको छ । रासस/एएफपी