Sat. Nov 23rd, 2024

माधवकुमार नेपालसँग र भारतीय विदेशसचिव क्वात्राबीच भेटवार्ता

काठमाण्डू, २०७९ फागुन २ गते मंगलबार । नेपाल भ्रमणमा रहनु भएका भारतीय विदेशसचिव विनयमोहन क्वात्राले पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेट गर्नुभएको छ । आज बिहान अध्यक्ष नेपालको कोटेश्वरस्थित निवासमा उहाँहरूबीच भेटवार्ता भएको हो।

भेटमा दुई देशको सम्बन्ध, आपसी हित र सहकार्यका विविध विषयमा छलफल भएको थियो। यसअघि उहाँले आजै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नुभएको थियो ।

सोमबार नेपाल आउनु भएका आएका सचिव क्वात्रा नेपालको औपचारिक दुई दिने भ्रमण सकेर आजै स्वदेश फर्कदै हुनुहुन्छ ।

Facebook Comments