Sun. Apr 28th, 2024

टर्की र सिरियाको सीमा क्षेत्रमा ७.८ म्याग्निच्युडको भूकम्प, २३०० जना भन्दा धेरैको मृत्यु

काठमाण्डू, २०७९ माघ २३ गते सोमबार । टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पमा परी हालसम्म २ हजार ३ सय भन्दा धेरै मानिसहरुको ज्यान गएको छ ।

उक्त भूकम्पका कारण हजारौं घरहरू भत्किएका समाचारहरु प्राप्त भएका छन्। बीबीसीका अनुसार भूकम्पमा परी २ हजारभन्दा धेरै मानिसहरु गम्भिर घाईते भएका छन् भने ५ हजार ३ सय भन्दा धेरै मानिसहरु घाईते भएका छन् । टर्कीको विपद् व्यवस्थापन सम्बन्धी निकायले हालसम्म २३ सय जनाको निधन भएको जनाएको छ। भूकम्पका कारण भवनहरु भत्किँदा कति मानिसहरु पुरिईएका छन् भन्ने यकित बिवरण आउन सकेको छैन ।

प्रहरी र सेनाले घाईतेहरुको उद्धारमा कुनै कसर बाँकि राखेका छैनन् । पटक पटक भूकम्पका पराकम्पहरु जाँदा त्रासको वातावरण छाएको पश्चिमी सञ्चार माध्यमहरुले बताएका छन् । भूकम्पका कारण सीमापारी सिरियामा पनि सैंयौं मानिसहरुको ज्यान गएको वा घाईते भएको समाचार छ ।

भारत लगायतका देशहरुले भूकम्प पिडीतहरुको लागि राहत सामग्री पठाएका छन् ।

Facebook Comments