Mon. Apr 29th, 2024

तराईमा आज हुस्सु र कुहिरो लाग्ने

काठमाण्डू, २०७९ माघ २३ गते सोमबार । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको भए पनि तराई मधेसका अधिकांश भागमा आज हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।

हाल प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक बदली तथा तराईका धेरै स्थानहरुमा हुस्सु र कुहिरो लागिरहेको अवस्था छ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएका छ।

यस्तै, आज राती देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

विराटनगर, इनरुवा, राजविराज लगायतका शहरहरुमा अहिले बाक्लो हुस्सु लागेको हाम्रा स्थानीय सहकर्मीहरुले बताएका छन् । बाक्लो हुस्सुका कारण चिसो बढेको छ भने विराटनगरमा हुने हवाई उडान समेत प्रभावित हुने देखिएको छ ।

Facebook Comments