Mon. Nov 25th, 2024

डुङ्गा डुब्दा बाउन्न जना विद्यार्थीको मृत्यु   

इस्लामाबाद, २०७९ माघ १८ गते बधुबार । उत्तरपश्चिमी खैबरपख्तुनख्वा प्रान्तमा गत आइतबार डुङ्गा डुब्दा ज्यान गुमाउने विद्यार्थीको सङ्ख्या ५२ पुगेको छ । प्रान्तको कोहाट जिल्लास्थित टाँडा बाँधबाट २१ जनाको शव निकालिएको उद्धारकर्मीले बताएका छन् ।

ज्यान गुमाएका अधिकांश सात देखि १४ वर्षका स्कूले केटाकेटी हुन् । उनीहरू वनभोज खान बाँध क्षेत्रमा पुगेका थिए । गोताखोरले १६ जनालाई उद्धार गरेका थिए । उद्धारमा देशको जल तथा स्थलसेना परिचालन भएको थियो । हराइरहेका दुई जना विद्यार्थीको अझै खोजी भइरहेको कोहाट जिल्लाका प्रहरी अधिकृत अब्दुल रफुर बाबर कुरेसीले जानकारी दिएका छन् । रासस/सिन्ह्वा

Facebook Comments