गणतन्त्रमा राजाको उच्च सम्मान ! (फोटो फिचर)
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज सिंहदरबारको पश्चिम द्वार अगाडि रहेको शाहको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्न सहभागी सर्वसाधारण । तस्बिरः हरिराम भेटुवाल, रासस
काठमाण्डौं, २०७९ पुस २७ गते बुधबार । झण्डै २ सय ३९ वर्ष पुरानो राजतन्त्रको अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि सरकारीस्तरमा मनाउन छाडिएको श्री ५ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस यस वर्ष पहिलो पटक पुनः मनाउन थालिएको छ ।

आधुनिक नेपालका निर्माता पृथ्वी नारायण शाहलाई समेत विवादमा तानेर गणतन्त्रपछि उहाँको जन्मजयन्ती सरकारीस्तरमा मनाउन छाडिएको थियो । तर यस वर्ष सरकारले आजको दिनलाई विशेष महत्व दिँदै देशभर सार्वजनिक विदा समेत दिएर आधुनिक नेपालका निर्माता पृथ्वी नारायण शाहलाई उच्च सम्मान गरेको छ । आज देशभर हर्षोल्लासपूर्वक ५ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अगाडि रहेको बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुले पनि पृथ्वीजयन्ती अब फेरी बौरिएको महशुस भएको छ । गणतन्त्रमा पनि राजाको यो सम्मान आश्चर्यको कुरो हो भन्छन् विज्ञहरु । फोटो फिचरसहित……………






