Mon. Apr 29th, 2024

बढ्यो सुनको मूल्य

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित एक महिलालाई पक्राउ गरेको छ ।

काठमाण्डौं, २०७९ पुस २५ गते सोमबार । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रु. ६ सयले बढेर रु. १ लाख ३ हजार ९ सय पुगेको छ । यो सुन हिजो प्रतितोला रु. १ लाख ३ हजार ३ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. १ लाख ३ हजार ४ सय छ । यसको मूल्य अघिल्लो दिन रु. १ लाख २ हजार ८ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु. १० ले बढेर प्रतितोला रु. १ हजार ३ सय ९० पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । रासस

Facebook Comments