Fri. Nov 22nd, 2024

काबुलको होटलमा आक्रमण गर्ने तीनजना आक्रमणकारी मारिए, सबै विदेशी पाहुनाको सकुशल उद्धार

काबुल । अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक चर्चित होटलमा आक्रमण गर्ने तीनजना आक्रमणकारीको प्रहरी कारबाहीमा ज्यान गएको बताइएको छ । तालिबान सुरक्षा अधिकारीले दिएको जानकारीअनुसार सो होटलमा सोमबार अज्ञात बन्दुकधारीले आक्रमण गरेका थिए । कैयौँ घन्टाको उद्धार कार्यपछि त्यहाँबाट विदेशी पाहुनालाई सकुशल उद्धार गरिएको छ ।

त्यस होटलमा सोमबार अज्ञात बन्दुकधारीले हमला गरेका थिए र त्यसपछि त्यहाँ प्रहरी पुगेर उद्धारको काम सुरु गरेको थियो ।काबुलको लोङ्गान होटेलमा सोमबार अपराह्न आक्रमण भएपछि तालिवान सुरक्षा बल घटनास्थलमा पुगेको र होटललाई सिल गरेर उद्धारको काम थालेको थियो ।

प्रहरीले सोमबार राति दिएको जानकारीमा सो होटल आक्रमणको निसानामा परेको थाहा भएपछि तालिबान सुरक्षाकर्मी त्यहाँ पुगेर विदेशी तथा स्वदेशी पाहुनाको उद्धारको काम थालेका थिए ।त्यस क्रममा आक्रमणमा संलग्न रहेका तीन जना अक्रमणकारी मारिएका र अरु केही घाइते भएका छन् । तर होटलमा रहेका पाहुनाको भने सकुशल उद्धार गरिएको बताइएको छ ।

यहाँको तालिबान सरकार गत वर्षको अगष्टमा सत्तामा आएयता तालिबानले सुरक्षामा सुधार गरेको दाबी गरेका थिए । तर अहिले पछिल्लो समयमा भने यहाँका कैयाँ स्थानमा बम विष्फोट र आक्रमण भएको इस्लामिक स्टेट समूहको स्थानीय च्याप्टरले दाबी गरेको छ ।

सो होटलमा प्रायः चिनियाँ पाहुनाहरु रहेको अनुमान गरिएको छ । अफगानिस्तानमा रहेको चिनियाँ दूतावासले सोमबार नै एक विज्ञप्ति प्रकाशन गरेर सो हमालाको बारेमा अनुसन्धान हुनुपर्ने जनाएको छ ।एजेन्सी

Facebook Comments