Sat. Nov 23rd, 2024

सवैको सहमतिमा नागरिकतासम्बन्धी बिधेयक ल्याईएको गृहमन्त्रीको दावी

फाईल फोटो

काठमाण्डौं, २०७९ भदौं १३ गते सोमबार । गृहमन्त्री बालकृष्ण खाँणले सवैको सहमतिमा नै नागरिकतासम्बन्धी बिधेयक ल्याईएको दावी गर्नुभएको छ ।

सोमबार बसेको बिधायन व्यवस्थापन समितिमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको छलफलका क्रममा गृहमन्त्री खाँणले सरकारले सहमतिमै र प्रक्रिया पूरा गरेर राज्य व्यवस्था समितिको फरक मतसहितको विधेयक फिर्ता गरेको र नयाँ बिधेयक पनि सहमतिमा नै ल्याएको दावी गर्नुभएको हो । अहिले पनि लाखौं नागरिकहरु नागरिकताबिहिन भएर बस्नु परेको भन्दै उहाँले जन्मसिद्धका सन्तानलाई नागरिकता दिने उद्देश्यले सरकारले विधेयक ल्याएको धारणा राख्नुभयो ।

नयाँ कानून अनुसार नागरिकता पाउनेहरु मतदाता सूचीमा नरहेका कारण नागरिकता विधेयक निर्वाचन प्रेरित नरहेको खाँणले स्पष्ट पार्नुभयो । गृहमन्त्री खाँणले बिधेयकका बिषयमा राष्ट्रपतिले उठाएका सवाल महत्वपूर्ण रहेकाले कतिपय बिषय सम्बोधन गरेर नै अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

बैठकमा केहि सांसदहरुले संशोधनको बिषयमा पनि छलफल हुनुपर्ने धारणा राखेका थिए भने केहि सांसदहरुले संसदबाट नै अस्वीकृत भएका संशोधनका बिषयमा छलफल गर्न उपयुक्त नहुने धारणा राखेका थिए । समितिको अर्को बैठक बुधबार बोलाइएको छ ।

Facebook Comments