Sun. May 10th, 2026

मस्कोनजिकै भएको बम विस्फोटमा भ्लादिमिर पुटिनका सहयोगीकी छोरीको मृत्यु

       

काठमाण्डौं, २०७९ भदौं ६ गते सोमबार । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका एक निकटवर्ती सहयोगीकी छोरी मस्कोनजिकै मारिएको खवर प्राप्त भएको छ । रुसी सञ्चारमाध्यमहरूका अनुसार मस्कोनजिकै भएको कार विस्फोटनमा डार्‍या डुगिनाको मृत्यु भएको हो।

उनको मृत्युबारे रुसी अधिकारीहरूले केही बताएका छैनन्। तर सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा सहरको बाहिरी भागको सडकमा कारको जलिरहेको भग्नावशेष देख्न सकिन्छ।

राष्ट्रपति ूपुटिनको बुद्धिु का रूपमा चिनिने डुगिनाका पिता एलेक्सेन्डर डुगिन उक्त आक्रमणको मुख्य निसाना भएको हुनसक्ने ठानिएको छ।

विवरणहरूका अनुसार डुगिना र उनका पिता एउटै कारमा चढेर एउटा कार्यक्रमबाट फर्किने तय भएको थियो। तर अन्तिम समयमा उनका पिता छुट्टै यात्रा सवारीसाधन चढेका थिए।

एलेक्सेन्डर डुगिन उग्रराष्ट्रवादी विचारक तथा रणनीतिकार हुन्। उनी कुनै सरकारी पदमा छैनन्। यद्यपि राष्ट्रपति पुटिनलाई उनले ठूलो प्रभावित पार्ने गरेको बताइन्छ। रुसी सरकारी सञ्चारमाध्यमका अनुसार डार्‍या डुगिना घर फर्किँदै गर्दा उनको कार विस्फोट भएर आगो लागेको थियो।

टेलिग्राममा राखिएका अपुष्ट फुटेजमा एलेक्सेन्डर डुगिनले आपत्कालीन सेवाका कर्मचारीहरू आउँदा स्तब्ध भएर जलिरहेको कार हेरिरहेको देख्न सकिन्छ। बीबीसी

Facebook Comments

सम्बन्धित समाचार