Sun. Nov 17th, 2024

अभियान लघुवित्तको आईपीओको बाँडफाँट मिति तय

भिओके समाचार/काठमाण्डौं, २०७९ साउन २६ गते बिहीबार । साउन १८ गतेदेखि आईपीओ निष्काशन गरेको अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको  बाँडफाँट मिति तय भएको छ ।

लघुवित्त साउन ३१ गते सेयर बाँडफाँट गर्ने भएको छ । लघुवित्तले प्रतिसेयर १०० रुपौयाँ अंकित मूल्यमा सर्वसाधरणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपौयाँको दरले ९ लाख ७५ हजार कित्ता आईपिओ निष्काशन खुला गरेको हो ।

कूल सार्वजनिक आईपीओमध्ये १२ हजार ५०० सय कित्ता सयेर कर्मचारीहरूका लागि र ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरेको छ र बाँकी ९ लाख १३ हजार ७५० कित्ता सयेरका लागि सर्वसाधरणबाट आवेदन माग गरेको थियो ।

Facebook Comments