Sat. Apr 25th, 2026

चीनका रराष्ट्राध्यक्ष सी चिनफिङसँगै सिन्च्याङको सौन्दर्य

       

काठमाण्डौं, २०७९ साउन ३ गते मंगलबार । जुलाई १२ देखि १५ तारिखसम्म चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सिनच्याङको निरीक्षण भ्रमण गर्नुभएको छ। यसअघि उहाँले सन् २००३, २००९ र २०१४ मा पनि सिन्च्याङको भ्रमण गर्नुभएको थियो।

सिनच्याङको क्षेत्रफल १६,६४,९०० वर्ग किलोमिटर छ। यो नेपालको क्षेत्रफलको तुलनामा दश गुणाभन्दा बढी छ। साथै सिनच्याङ चीनको सबैभन्दा ठूलो प्रान्तीय प्रशासनिक क्षेत्र पनि हो। सिन्च्याङको रुस, कजाकिस्तान, पाकिस्तान, भारत, अफगानिस्तानलगायत आठवटा देशसँग सिमाना जोडेको छ। यो इतिहासमा प्राचीन रेशमी मार्गको महत्वपूर्ण मार्ग पनि हो।
सुन्दर दृश्य, सुन्दर मानिस र मीठो खानेकुराकालागि सिन्च्याङ प्रसिद्ध छ। राष्ट्राध्यक्ष सीको निरीक्षण भ्रमणले सिन्च्याङको पर्यटनलाई अझै लोकप्रिय बनाएको छ। हाल, सिन्च्याङ चीनको सबैभन्दा लोकप्रिय पर्यटकीय गन्तव्य हो। राष्ट्राध्यक्ष सीको पाइला पछ्याउँदै सिन्च्याङका विभिन्न सौन्दर्यको अनुभव गरौँ। सीआरआई
Facebook Comments

सम्बन्धित समाचार