Sat. Nov 16th, 2024

राष्ट्रपतिसमक्ष चारजना राजदूतको शपथ   

काठमाडौं, २०७९ असार १६ गते बिहीबार । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा उहाँहरुले शपथ लिनुभएको हो । सपथ लिने राजदूतहरुमा डा. नरेशविक्रम ढकाल (कतार), विष्णुपुकार श्रेष्ठ (चीन), कैलाशराज पोखरेल (अष्ट्रेलिया) र कान्ता रिजाल (इजरायल) हुनुहुन्छ ।

समारोहमा परराष्ट्रमन्त्री डा. नारायण खतिवडालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

Facebook Comments