काठमाण्डौंमा बालेन्द्र साहको अग्रता कायमै, लौरोले देखाउँदैछ चमत्कार
काठमाण्डौं, २०७९ जेठ ५ गते बिहीबार । काठमाण्डौं महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ११ हजार ७ सय १ मतले अग्रता लिनुभएको छ ।
साहले २४ हजार ८ सय ९० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटत्तम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १३ हजार १ सय ८९ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार सिर्जना सिंहले १२ हजार ३ सय ७ मत प्राप्त गर्नुभएको छ ।
काठमाण्डौंमा मात्र नभएर यत्तिवेला देशका अधिकांश क्षेत्रमा र विदेशमा रहेका नेपालीहरुकाबीचमा पनि बालेन्द्र शाह र उहाँको चुनाव चिन्ह लौरोको व्यापक चर्चा भैरहेको छ ।
Facebook Comments