Sat. Sep 21st, 2024

 नेपाली कांग्रेसलाई अत्यधिक बहुमतले विजयी गराउन सभापति देउवाको आग्रह   

काठमाण्डौ, २०७९ बैशाख २६ गते सोमबार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई अत्यधिक बहुमतले विजय गराउन आग्रह गर्नुभएको छ । गृह गाउँपालिका गन्यापधुरा-२ बडालमा आयोजित चुनावी सभालाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, “यहीँ मेरो घर हो र गाउँ पनि हो । यस कारण यहाँको शैक्षिक विकास, प्राविधिक शिक्षालगायतका सबै क्षेत्रमा मैले विकास गर्नेछु ।”

आफ्नो गाउँठाउँको विकास आफूले नै गर्ने भएकाले गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवारलाई जिताउन उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “पहिले म विद्यालय पढ्दा हिँडेर जान्थेँ । अहिले सबै ठाउँमा सडक पुगिसकेका छन् । कच्ची बाटा छन् । अब कालोपत्र गर्नु पर्नेछ । त्यो सबै मैले गर्ने हो ।” भातकाँडा-रुवाखोला–बडाल–रेल सडकलाई कालोपत्र गर्ने उहाँले बताउनुभयो ।

Facebook Comments