Fri. Sep 20th, 2024

स्थानीय तह निर्वाचन विशेष : देशभर १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता

- २१ हजार ९ सय ५५ मतदान केन्द्र र १० हजार ७ सय ५६ स्थल तोकियो

काठमाण्डौ, २०७९ बैशाख २१ गते बुधबार । यहि वैशाख ३० मा सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि देशभर मतदान स्थल तथा मतदान केन्द्र निर्धारण गरिएको छ ।

निर्वाचन आयोगले जारी गरेको सूचनामा देशभरबाट स्थानीय निर्वाचनमा भाग लिने मनदाताको सङ्ख्या पनि सार्वजनिक गरेको छ । आयोगले जारी गरेको सूचनामा २१ हजार ९ सय ५५ मतदान केन्द्र र १० हजार ७ सय ५६ मतदान स्थल तोकिएको छ । आयोगले जारी गरेको सूचनामा ७ वटै प्रदेशमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता सङ्ख्या रहेको छ । जसमा महिला मतदाता सङ्ख्या ८७ लाख ४१ हजार ५ सय ३० र पुरुष मतदाता सङ्ख्या ८९ लाख ९२ हजार १० रहेको आयोगले जनाएको छ ।

यसैगरी, प्रदेश १ मा कुल मतदाता सङ्ख्या ३३ लाख ४७ हजार ३ सय ८४, मतदान स्थल १ हजार ८ सय ७७ तथा मतदान केन्द्र सङ्ख्या ४ हजार ५१ रहेको निर्वाचन आयोगले जनाएको छ ।

मधेस प्रदेशमा कुल मतदाता सङ्ख्या ३३ लाख ३१ हजार १ सय ७०, मतदान स्थल सङ्ख्या २ हजार १ सय ६३, मतदान केन्द्र सङ्ख्या ४ हजार १ सय ८९ रहेको छ ।

बागमती प्रदेशमा कुल मतदाता सङ्ख्या ३४ लाख १२ हजार ८ सय ६९, मतदान स्थल १ हजार ७ सय ९२, मतदान केन्द्र ४ हजार ९५ रहेको छ ।

गण्डकी प्रदेशमा कुल मतदाता सङ्ख्या १७ लाख ८९ हजार ४ हजार ११, मतदान स्थल सङ्ख्या १ हजार २ सय ५३ र मतदान केन्द्र सङ्ख्या २ हजार ३ सय रहेको छ ।

लुम्बिनी प्रदेशमा कुल मतदाता सङ्ख्या ३२ लाख १९ हजार ४ सय ५७, मतदान स्थल सङ्ख्या १ हजार ६ सय २९, मतदान केन्द्र सङ्ख्या ३ हजार ८ सय ३२ रहेको निर्वाचन अयोगले जनाएको छ ।

यसैगरी कर्णाली प्रदेशमा १० लाख १ हजार २ सय ८२ मतदाता सङ्ख्या, ९ सय ७ मतदान स्थल र १ हजार ३ सय ८५ मतदान केन्द्र तोकिएको छ ।

सुदूर पश्चिम प्रदेशमा १६ लाख ३२ हजार १ सय ५० मतदाता सङ्ख्या, १ हजार १ सय ३५ मतदान स्थल र २ हजार १ सय ३ मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ । रेडियो नेपाल

Facebook Comments