Fri. Sep 20th, 2024

एमाले अध्यक्ष केपी ओली नाचेको चुनावी गीत सार्वजनिक (भिडियोसहित)

काठमाण्डौ, २०७९ बैशाख १७ गते शनिबार । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नाचेको भिडियो सार्वजनिक भएको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै नेकपा एमालेको नयाँ चुनावी प्रचार गीत सार्वजनिक गरिएको हो । जसमा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि छमछमी नाच्नु भएको छ ।

रामप्रसाद अवस्थीको शब्द र संगीतमा तयार पारिएको उक्त गीत अवस्थी र पूर्णकला बिसीले गाउनु भएको हो । गीतमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा भएका महत्पूर्ण कार्यहरुको बारेमा चर्चा गरिएको छ । “परमादेशको गठबन्धन फालौं यसपालि त सूर्यमै भोट हालौं” जस्ता शब्दहरु पनि सो गीतमा रहेका छन् ।

अवस्थी नेकपा एमाले निकट कलाकारहरूको संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य हुनुहुन्छ । ‘सूर्यमै भोट हालौं’ बोलको गीतका एरेन्जर विनोद बाजुरेली हुनुहुन्छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरूले मतदाता तान्न धमाधम भिडियोसहितका गीत पनि निकाल्न थालेका छन् । २०७४ सालमा सम्पन्न अघिल्लो स्थानीय तह निर्वाचनमा पनि एमाले ले सही पनि एमाले मै पनि एमाले बोलको गीत ल्याएको थियो । बद्री पंगेनी र प्रिया भण्डारीले गाउनु भएको सो गीत एमालेको पक्षमा जनलहर ल्याउन सफल भएको थियो ।

यही बैशाख ३० गते देशभर स्थानिय तहको निर्वाचन हुँदैछ ।

Facebook Comments