Fri. Nov 15th, 2024

कानुन मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाद्वारा पद तथा गोपनीयताको शपथ

काठमाण्डौं, २०७८ चैत २४ गते बिहीबार । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपतिसमक्ष नवनियुक्त मन्त्री कोइरालाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।

शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रीहरू र उच्चपदस्थ सरकारी कर्मचारीहरूको उपस्थिति  थियो ।

Facebook Comments