Wed. Apr 29th, 2026

एमाले अध्यक्ष ओलीद्वारा जुम्लामा सम्बोधन, सिन्जाको विकास बुझ्न पुगेको भनाई

       

काठमाण्डौं, २०७८ चैत १८ गते शुक्रबार । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीले सिञ्जाको विकास कसरी गर्न सकिन्छ भनेर हेर्न आएको बताउनुभएको छ। जुम्लाको सिञ्जा गाउँपालिका नराकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनुभएको हो।

ओलीले जुम्ला खस भाषा, संस्कृति र सभ्यताको धनी ठाउँ भएको भन्दै यसको विकासमा जोड दिनुभयो। ओलीले कर्णालीमा मानसरोवर, कैलाश पर्वत, राराताल, कनकासुन्दरी, त्रिपुरासुन्दरी लगायतका धार्मिक पर्यटकीयस्थल रहेको उल्लेख गर्नुभयो।

चन्दननाथ बाबाले प्रतिपादन गरेको मार्सी चामल नेपालको ब्राण्ड भएको उहाँले बताउनुभयो। जुम्लाको सिञ्जा गाउँपालिकाको नराकोटमा आयोजित जनसभा तथा पार्र्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो।

सभामा बोल्ने स्थानीय नेताले कर्णालीको विकासमा जोड दिन पूर्वप्रधानमन्त्री ओलीलाई सुझाव दिनुभएको छ। अध्यक्ष ओलीले जुम्ला आउनुअघि दैलेखको दुल्लुको अवलोकन गर्नुभएको थियो।

Facebook Comments