Fri. Sep 20th, 2024

कालिन्चोकको लापिलाङ पोखरेमा २ वटा घर जलेर नष्ट

दोलखा, २०७८ चैत १२ गते शनिबार । दोलखाको कालिन्चोक गाउँपालीका वडा नम्वर ५ लापिलाङ पोखरेमा २ वटा घर जलेर नष्ट भएका छन् ।

आज बिहान भएको आगलागीमा परी स्थानीय विकास थापा र कृष्ण बहादुर थापाको घर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । खाना पकाउने क्रममा स्थानीय कृष्ण बहादुर थापाको घरबाट आगो सल्केको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । आगलागीले २ घरमा रहेका अन्नपात, नगद लगायतका सामग्री जलेको प्रहरीले जनाएको छ ।

स्थानीयले करिब ३ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए ।

तस्विर साभार : राजन बस्नेतको फेसबुकबाट

Facebook Comments