Fri. Sep 20th, 2024

परराष्ट्रमन्त्री डा.खड्का र चीनका विदेशमन्त्री वाङ यीबीच भेटवार्ता (फोटो फिचर सहित)

काठमाण्डौं, २०७८ चैत १२ गते शनिबार । नेपाल भ्रमणमा रहनुभएका चीनको राज्य परिषद् सदस्य तथा विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच आज भेटवार्ता भएको छ ।

सो भेटवार्ता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको हो । भेटावार्तामा दुवैदेशका साझा चासो र हितका विषयमा छलफल भएको भए पनि यसबारे समाचार तयार पर्दासम्म कुनै जानकारी आएको छैन ।

विदेशमन्त्री वाङ नेपालको तीनदिने भ्रमणका लागि हिँजो शुक्रबार दिउसो काठमाण्डौं आईपुग्नु भएको हो ।

 

फोटो : कृष्ण कुमार बलामी, रे टिभी एचडी

Facebook Comments