Fri. Apr 24th, 2026

फ्रान्सद्वारा आफ्ना नागरिकलाई रुस छाड्न आग्रह

       

काठमाण्डौं, २०७८ फागुन १९ गते बिहीबार । फ्रान्सले आफ्ना नागरिकहरूलाई युक्रेनमा मस्कोको आक्रमण र रुस र युरोपेली सङ्घबीचको हवाई क्षेत्र बन्द गरेपछि उनीहरूको उपस्थिति आवश्यक नभएको खण्डमा रुस छाड्न कडा आग्रह गरेको छ ।

अरू देशले पनि त्यस्तै सुझाव दिँदै यात्रासम्बन्धी सूचना जारी गरेका छन्। बेलायतको फरेन अफिसले पछि देश छोड्न कठिन हुने र रुसी अर्थतन्त्र तरल रहेको कारण देखाउँदै आफ्ना नागरिकलाई रुसको यात्रा नगर्न आग्रह गरेको छ।

अमेरिका सरकारले पनि त्यस्तै सुझाव दिएको छ। विभिन्न कारणमध्ये उसले रुसी सुरक्षाकर्मीले अमेरिकी नागरिकसँग दुर्व्यवहार गर्न सक्ने पनि उल्लेख गरेको छ। युक्रेनमा आक्रमण गरेका कारण रुसविरुद्ध लगाइएका अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धहरूको असर सर्वसाधारण रुसीहरूलाई पर्न थालेको छ। बीबीसी

Facebook Comments

सम्बन्धित समाचार