राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनबाट बाहिरियो
- एमसीसी अनुमोदनको प्रभाव
काठमाण्डौं, २०७८ फागुन १६ गते सोमबार । राष्ट्रिय जनमोर्चा पाँच दलीय सत्ता गठबन्धनबाट बाहिरिएको छ । जनमोर्चाको सोमबार बसेको सचिवालय बैठकले गठबन्धनबाट अलग हुने निर्णय गरेको पार्टी अध्यक्ष चित्रबहादुर केसीले बताउनुभयो ।
‘हामी विगतमा पनि सरकारमा थिएनौं, अहिले गठबन्धनमा नबस्ने निर्णय गरेका हौं ।’, अध्यक्ष केसीले भन्नुभयो । अमेरिकी आर्थिक विकास सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना आइतबारको प्रतिनिधिसभा संसदबाट अनुमोदन भएको थियो ।
एमसीसी परियोजना नै खारेज हुनुपर्ने जनमोर्चाको अडान रहँदै आएको थियो । संसदबाट एमसीसी सम्झौता अनुमोदन भएसँगै जनमोर्चाले गठबन्धनबाट अलग हुने निर्णय गरेको हो ।
Facebook Comments