Sun. May 31st, 2026

महाशिवरात्रिमा १० लाख दर्शनार्थी आउने अनुमान, १० हजार सुरक्षाकर्मी खटाइने

       

काठमाण्डौं, २०७८ फागुन १० गते मंगलबार। पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रिमा करिब १० लाख दर्शनार्थी आउने अनुमान गरेको छ। कोषले मंगलबार पत्रकार सम्मेलन गरी सुरक्षित र भव्य रुपमा महाशिवरात्रि मनाउन करिब १० हजार सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कोषलाई महाशिवरात्रिमा दर्शनार्थीलाई पशुपतिनाथको दर्शन सहज बनाउन प्रशस्त पानीको व्यवस्था गर्न र शौचालयहरू सफा गर्न पनि निर्देशन दिनुभएको छ ।

उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘राम्रोसँग बत्तीको पनि व्यवस्था गर्नुहोस्, राति पनि दिनजस्तै उज्यालो होस्,’ उहाँले पशुपतिनाथ क्षेत्रमा कसैलाई गिद्धेनजर लगाउन नदिने पनि बताउनुभयो । यो वर्षको शिवरात्रि फागुन १७ गते परेको छ। यही पर्वको वेला बर्सेनि पशुपतिनाथ क्षेत्रमा भक्तजनको भीड लाग्ने गरेको छ।

Facebook Comments