Sat. Sep 21st, 2024

हिउँदे ओलम्पिकको प्रशारण तथा प्रचार-प्रसारमा नेपाली रे मिडिया ग्रुप र चाइना मिडिया ग्रुपले सहकार्य गर्ने

काठमाण्डौं, २०७८ माघ १३ गते बिहीबार । चीनमा आयोजना हुन लागेको हिउँदे ओलम्पिकका खेलकुद प्रतियोगिताहरुको प्रशारण तथा प्रचार प्रसारमा नेपाली सञ्चार माध्यम रे मिडिया ग्रुप र चाईना मिडिया ग्रुपले सहकार्य गर्ने भएका छन् ।

“वैज्ञानिक प्राविधिक हिउँदे ओलम्पिकको संयुक्त उपभोग” शीर्षक दिईएको पहिलो विश्व सञ्चारमाध्यम सिर्जना मञ्च जनवरी २६ तारिख पैचिङमा सुरु भएको छ।

चाइना मिडिया ग्रुप, चीन ओलम्पिक खेलकूद समिति र पैचिङ हिउँदे ओलम्पिक समितिद्वारा संयोजन गरिएको उक्त मञ्चमा विश्वका ७८ मुलुक तथा क्षेत्रका १४५ मिडिया संस्था तथा अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्तिले अनलाइन तरिकामार्फत भाग लिएका थिए।

उक्त विश्व मिडिया सम्मेलनमा रे मिडियाका अध्यक्ष प्रकाश बाबु पौडेलले समेत भागलिनु भएको थियो ।

उक्त सम्मेलनमा अन्तर्राष्ट्रिय ओलम्पिक खेलकूद समितिका अध्यक्ष बाखले यस मञ्चको सफल संयोजनको लागि शुभकामना व्यक्त गर्नुभएको छ। उहाँका अनुसार चाइना मिडिया ग्रुपले धेरै चुनौति पार गरी नविन तरिकाले उक्त मञ्चको संयोजन गरेको बताउनुभएको छ।

केही दशकयता चाइना मिडिया ग्रुप सधैँ अन्तर्राष्ट्रिय ओलम्पिक खेलकूदको मूल्यवान सहयोगात्मक साझेदारी रहेको तथा ओलम्पिक खेलकूदको आकर्षणलाई करोडौँ-करोड चिनियाँहरुमा पुर्याउन प्रयास गर्दै आएको पनि अध्यक्ष बाखले औँल्याउनुभयो।

त्यसैगरि चाइना मिडिया ग्रुपका अध्यक्ष शन हाइ श्युङले उक्त मञ्चलाई सम्बोधन गर्दै चाइना मिडिया ग्रुपले नविन तारिकाले ओलम्पिक खेकलूदको प्रचारप्रसारका लागि प्रयास गरिरहेको बताउनुभयो।

सो अवसरमा नविनता सधैँ नै चाइना मिडिया ग्रुपको मुख्य विषय रहेको र चाइना मिडिया ग्रुपले विश्व सञ्चारमाध्यमसँग साझेदारी गर्दै पैचिङ हिउँदे ओलम्पिकको रमाइलो तथा आकर्षण देखाउने इच्छा गरेको पनि व्यक्त गर्नुभयो।

हिउँदे ओलम्पिकका खेलकुद प्रतियोगिताहरुको प्रशारण तथा प्रचार प्रसारमा रे मिडिया ग्रुप र चाइना मिडिया ग्रुपले सहकार्य गर्ने भएपछि नेपाल र नेपाली दर्शकहरु समेत लाभान्वित हुनेछन् ।

हिउँदे ओलम्पिक चीनमा आउँदो फेब्रेअरी ४ देखि २० गते सम्म सञ्चालन हुनेछ ।

Facebook Comments