Sat. Sep 28th, 2024

नेकपा एमालेका अध्यक्ष ओलीलाई पर्सामा १ सय ५१ किलोको माला

काठमाण्डौं, २०७८ पुस ८ गते बिहीबार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एमालेको जिल्ला समिति पर्साले १ सय ५१ किलोको माला लगाइएको छ ।

नेकपा एमालेको जिल्ला समिति पर्साले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टी कार्यकर्ताहरुले अध्यक्ष ओलीलाई १ सय ५१ किलोको माला लगाइदिएका हुन् ।

जगरनाथपुर गाउँपालिकामा राखिएको पार्टी प्रवेश कार्यक्रमका लागि ओली पर्सा जानुभएको हो । जगरनाथपुरमा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुको लर्को लागेको थियो । अध्यक्ष ओली सहभागी हुने भएपछि स्थानीय जनता स्वतःफुर्त रुपमा कार्यक्रममा सहभागी भएका हुन् । सो कार्यक्रममा माओवादीबाट गत स्थानीय तहमा निर्वाचित पालिका अध्यक्ष मियासहित ठूलो संख्यामा एमाले प्रवेश गरेका छन् ।

Facebook Comments