Sat. Sep 28th, 2024

शहरलाई सुन्दर बनाउन समुदाय पनि जिम्मेवार हुनुपर्छ : मन्त्री झाँक्री

काठमाण्डौं, २०७८ पुस ८ गते बिहीबार । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ऐतिहासिक तथा पुरातात्विक सम्पदा संरक्षणको जिम्मा सरकारको मात्रै नभएर हरेक व्यक्तिको रहेको बताउनुभएको छ ।

टेकु पचली क्षेत्रका पुरातात्विक सम्पदा उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले सांस्कृतिक तथा ऐतिहासिक क्षेत्रको सम्वद्र्धनमा झुट्न सबैमा अपिल गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले भन्नुभयो, “अव्यवस्थित सहरलाई व्यवस्थित बनाउन र सम्पदाको सम्वद्र्धनमा सबै आ आफ्नो स्थानबाट जुटौं”। मन्त्री झाँक्रीले उहाँले पुनर्निर्मित सम्पदाले नेपालको संस्कृति र सभ्यता जोगाउन मद्धत गरेको भन्दै सुन्दर सहर निर्माणका लागि आवश्यक काममा सरकारले विशेष ध्यान दिनेपनि बताउनुभएको छ ।

साथै उहाँले खोलाको किनारमा बस्दैँमा सुकुम्बासी नभईने र वास्तविक पीडित पहिचान गरेर मात्रै सरकारले आवासको व्यवस्थापन गरिदिने पनि बताउनुभएको छ ।

Facebook Comments