पुस ४ गते आईतबार सार्वजनिक बिदा
काठमाण्डौं, २०७८ पुस २ गते शुक्रबार । सरकारले पुस ४ गते आइतबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आज गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पुस ४ गते उँधौली पर्व, योमरी पुन्ही, ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा र काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको सूचना प्रकाशित गरेको छ ।
Facebook Comments