Wed. Apr 22nd, 2026

चिनियाँ परराष्ट्र मन्त्रीद्वारा अमेरिकी विदेश मन्त्रीसँग टेलिफोन वार्ता

       

काठमाण्डौं, २०७८ कात्तिक २७ गते शनिबार । चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले नोभेम्बर १३ तारिख अमेरिकी विदेश मन्त्री ब्लिंकनसँग टेलिफोन वार्ता गर्नुभएको छ। परराष्ट्र मन्त्री वाङ्गका अनुसार चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनले आउने १६ तारिख आयोजना गर्नुहुने भिडियो वार्ता यी दुबै मुलुकबीचको सम्बन्ध मात्र नभई अन्तर्राष्ट्रिय सम्बन्धमा एक ठूलो कुरा हो। यी दुबै मुलुकले एउटै दिशातर्फ भएर यस वार्ता सफलताको प्रत्याभूति गर्दै यी दुबै मुलुकबीचको सम्बन्धलाई स्वस्थ तथा स्थिर विकास बाटोमा फर्काउन प्रवर्द्धन गर्न सक्छन्।

विदेश मन्त्री ब्लिंकनका अनुसार अमेरिकाले यस वार्तामा पारस्परिक सम्मानको भावना लिँदै चीनसँग आपसी द्विपक्षीय सम्बन्धप्रतिको धारणा शेयर गर्ने अपेक्षा लिएको छ। सीआरआई

Facebook Comments