बडादशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै
काठमाण्डौं, २०७८ असोज २२ गते शुक्रबार। बडा दशैंको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । विहानैदेखि शक्तिपीठहरुमा श्रद्धालु भक्तजन तथा दर्शनार्थीहरुको घुईचो लागेको छ ।
आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आरधाना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । दशैंको पहिलो दिन हिँजो घटस्थापनामा शैलपुत्री देवीको पूजापाठ गरिएको थियो ।
काठमाडौं उपत्यकाका दक्षिणकाली, कालिकास्थान, तलेजु भवानी, गुह्वेरी, मैतीदेवी, इन्द्रायणी, विजेश्वरी, शोभाभगवती, नक्साल भगवती र भद्रकालीमा दर्शनार्थीहरुको विहानैदेखि भिड लागेको छ ।
यसैगरी काठमाडौं उपत्यका बाहिर धरानको दन्तकाली, दाङको अम्बिकेश्वरी, सप्तरीको छिन्नमस्ता, भोजपुर र संखुवासभाको सिद्धकाली, पोखराको विन्धवासिनी, डोटीको शैलेश्वरी, बाग्लुङको कालिका, गोरखाको मनकामना लगायतका मन्दिरहरु पनि पूजा गर्नेहरुको भीड लाग्ने गर्दछ ।