Sat. Sep 21st, 2024

पक्की सडकले मुहार फेर्दै झोराहाट

महेश भट्टराई/ विराटनगर, २०७८ असोज १२ गते मंगलबार । मोरङ जिल्लाको ग्रामथान गाउँपालिका वडा नम्बर-२ मा रहेको झोराहाट बजारको मुहार पछिल्लो समय फेरिएको छ । प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको घिनाघाट-विराटचोक २२ किलोमिटर ४ लेन्स सडक यहीं स्थान हुँदै गएपछि विकासमा पछि परेको यो स्थान अहिले चिल्लो राजमार्गसँगै मुस्कुराए जस्तै देखिन्छ । पक्की सडकको निर्माणसँगै यहाँका जग्गाको मूल्य उच्च भएको छ ।

नेपालको पूर्वीक्षेत्रबाट मोरंगको विराटचोकहुँदै विराटनगर प्रवेश गर्ने यो अति नै छोटो मार्गको निर्माण समाप्त भएपछि यहाँ सवारी साधनको तीब्र भीड देखिन सकिने स्थानीय बासिन्दाको भनाइ छ ।

पुप्पलाल राजमार्ग नामाकरण गरिएको यस सडक आसपासका तेतरिया , मोतिपुर ,थलाहा ,सिद्राहा जस्ता ठाउँहरुको प्रतिनिधित्व गर्दै नयाँ व्यापारीक केन्द्रका रूपमा अहिले झोराहाट बजार विकसित हुँदैछ । बृहत् विराट क्षेत्रमा समावेश समेत भएको यो स्थान विराटनगरबाट ५ किलोमिटर पूर्वमा अवस्थित रहेको छ ।

Facebook Comments