Fri. Sep 20th, 2024

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा “विनियोजन विधेयक,२०७८” प्रमाणीकरण

काठमाण्डौं, २०७८ असोज ७ गते बिहीबार । राष्ट्रपति विद्यादेवी भण्डारीले “विनियोजन विधेयक,२०७८” प्रमाणीकरण गर्नुभएकाे छ । संघीय संसदको दुबै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको साे विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।  संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नु भएको हाे ।

Facebook Comments