Tue. Apr 30th, 2024

चीनले प्रजनन नीतिको सुधार मार्फत जनसंख्याको दीर्घकालीन र सन्तुलित विकासलाई प्रवर्द्धन गर्ने

काठमाण्डौं, २०७८ साउन ६ गते बुधबार ।  चीनको राज्य परिषद्को प्रेस कार्यालयले जुलाई २१ तारिख बिहान पत्रकार सम्मेलनको आयोजना गर्दै प्रजनन नीतिको सुधारको तरिकामार्फत जनसंख्याको दीर्घकालीन र सन्तुलित विकासलाई प्रवर्द्धन गर्ने अवस्थाबारे जानकारी दिएको छ।

राष्ट्रिय स्वास्थ्य आयोगका उपप्रमुख यु स्युए च्युनका अनुसार, प्रजनन नीतिलाई सुधार गर्नुको उद्देश्य दुई सन्तानबाट तीन सन्तानसम्मको संख्यात्मक समन्वय मात्र होइन, सम्बद्ध समर्थन नीतिलाई पूर्णता दिलाउनु नै त्यसको अझ महत्वपूर्ण अर्थ रहेको छ।

उहाँका अनुसार, विभिन्न स्थान, विभिन्न विभाग र विभिन्न पक्षहरूलेसँगै मिलेर प्रयास र समर्थन गरी उचित प्रजनन स्तरलाई उठाउनुका साथै जनसंख्याको दीर्घकालीन र सन्तुलित विकासलाई प्रवर्द्धन गर्दै जाने छन्। यसका अतिरिक्त समाजवादी आधुनिकीकरणको निर्माण र चीन राष्ट्रको महान पुनरूत्थानका लागि जनसंख्याको राम्रो वातावरणको सिर्जना गर्दै जानेछ। सीआरआई

 

Facebook Comments