Fri. Sep 20th, 2024

पेट्रोलको मूल्य फेरि बढ्यो, खाना पकाउने ग्यास पनि महंगियो

- खाना पकाउने ग्यासको मूल्य १४२५ पुग्यो

Petrol

काठमाडौं, २०७८ असार २२ गते मंगलबार । नेपाल आयल निगमले आज पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य सूचीअनुसार घाटा हुने अवस्था आएकाले मूल्य वृद्धि गरिएको हो । निगमका अनुसार पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य वृद्धि भएको छ । आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेलमा प्रतिलिटर रु दुईका दरले वृद्धि गरिएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु १२९ पुगेको छ । डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर रु ११२ पुगेको छ । आन्तरिक उडानतर्फको हवाइ इन्धनको साविकको बिक्री मूल्यमा रु दुई वृद्धि हुँदा प्रतिलिटर रु ८४ पुगेको छ । खाना पकाउने ग्याँस र अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनमा पनि मूल्यवृद्धि गरिएको छ । खाना पकाउने एलपी ग्यासमा २५ रुपैया मूल्यवृद्धि गरि विक्री मुल्य १४२५ बनाइएको छ ।

निगमका अनुसार मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा सात रुपियाँ ४५ पैसा, डिजेलमा चार रुपियाँ ३५ पैसा तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु ३१९ रुपियाँ ३२ पैसा घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments