Fri. Sep 20th, 2024

सुजिता भण्डारी मृत्यु प्रकरणमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेको भन्दै चितवनमा कर्फ्यु

काठमाडौं, २०७८ असार २२ गते मंगलबार । चितवनमा कर्फ्यु आदेश जारी गरिएकाे छ । राप्ती नगरपालिका ३ की २३ वर्षीया सुजिता भण्डारीकाे मृत्युकाे विषयलाई लिएर केही व्यक्तिहरूले पूर्व-पश्चिम राजमार्ग बन्द, ढुङ्गामुढा, आगजनीलगायत शान्ति भङ्ग गर्न सक्ने अवस्था भएकाले आज बेलुकी साढे सात बजेदेखि भाेलि बुधवार बेलुकी साढै सात बजेसम्म कर्फ्यु आदेश गरिएकाे हाे ।

यस अवधिमा लामाे दुरीका गाडीबाहेक आवातजावत र भेला हुन राेक लगाइएकाे जिल्ला प्रशासन कार्यालय चितवनले निकालेका विज्ञप्तिमा जनाइएकाे छ ।

सुजिता भण्डारीकाे मृत्युकाे विषयलाई लिएर आफन्त र सर्वसाधारणले राजमार्ग नै बन्द गरेर प्रदर्शन गर्दै आइरहेका थिए । उज्यालो अनलाईन

Facebook Comments