Sun. Apr 13th, 2025 04:00:09

कोरोनाविरूद्ध खोपको दोस्रो चरण आजदेखि सुरू

काठमाडौं, २०७८ बैशाक ७ गते मंगलबार ।

कोरोनाविरुद्ध खोपको दोस्रो चरण आजदेखि सुरु भएको छ । पहिलो डोज खोप लगाएकालाई आजदेखि दोस्रो डोज लगाउने अभियान सुरू भएको हो।

आजदेखि बैशाख ११ गतेसम्म बिहान १० बजे दिउँसो ४ बजेसम्म खोप लगाइने छ।

कोरोनाविरूद्धको पहिलो डोज खोप गत माघ १४ देखि फागुन १० सम्म लगाइएको थियो। उक्त अवधिमा स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान र बैंकमा तथा वित्तीय संस्थाका कर्मचारीलगायतले खोप लगाएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप अभियान देशभर सञ्चालन हुने जनाएको छ। प्रदेश १, लुम्बिनीका केही ठाउँमा खोपको दोस्रो मात्रा लगाइसकेका छन्। पहिलो चरणमा कोरोनाविरुद्धको कोभिसिल्ड खोप ४ लाख ३८ हजार ८७९ जनाले लगाएका थिए।

काठमाडौं उपत्यकाका लागि १९ केन्द्र तोकिएको छ।

Facebook Comments