Thu. Sep 19th, 2024

जीप दुर्घटनामा चारको मृत्यु, सात घाइते, दुईजना गम्भीर

काठमाडौं, २०७७ चैत ३ गते मंगलबार

सिन्धुलीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएकाे छ । घटनामा सात जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले बताउनुभयो ।

वर्ष ६५ का रुद्रबहादुर थापा, १८ वर्षकी रीता इस्माली, १९ वर्षकी दुर्गा श्रेष्ठ र उहाँका छोरा दुई वर्षका मनिष श्रेष्ठको मृत्यु भएको उहाँले जानकारी दिनुभयाे । सिन्धुलीकाे कमलामाई नपा करङडाँडामा भएकाे साे दुर्घटनामा घाइते भएकाहरूका सिन्धुली र धुलिखेल अस्पतालमा उपचार भइरहेकाे छ ।

बा १७ च १११७नम्बरकाे बलेराे सडकबाट ५० मिटर तल खसेकाे प्रहरीले जनाएकाे छ । गोरखापत्र

Facebook Comments