Sat. Sep 21st, 2024

प्रकृति र वन्यजन्तुको संरक्षणमा सबैले जोड दिनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं, २०७७ फागुन १९ गते बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृति र वन्यजन्तुको संरक्षण संवर्द्धनमा सबैले जोड दिनुपर्ने बताउनु भएको छ । ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखानाको आज भ्रमण गर्नुहुँदै प्रधानमन्त्री ओलीले वन्यजन्तुको समेत मानवको सरह बाँच्न पाउने हक भएको हुँदा को वन्यजन्तुवास स्थानलाई खलल पर्ने गरी कुनै किसिमको गतिविधि गर्न नहुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको प्राकृतिक विविधताका कारण नेपाल विश्वमै चिनिएकाले प्राकृतिक सौन्दर्य र त्यससँग सम्वद्ध वनजंगल वन्यजन्तुको संरक्षण आजको आवश्यकता भएको बताउनुभयो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले सदर चिडियाखानामा राखिएका प्राय सबै जनावर र क्षेत्रको अवलोकन गनुभयो । त्यस अवसरमा प्रधानमन्त्री ओली र उहाँको साथ जानुभएकी प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले चिडियाखानामा अवलोकनकर्ताको मनोरञ्जनका लागि राखिएको ट्रलीमा समेत चढेर चिडियाखानाको भ्रमण गर्नुभयो

प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा चिडियाखानामा रहेको हात्तीलाई खानासमेत खुवाउनुभयो । प्रधानमन्त्री ओलीलाई वन तथा वातावरण मन्त्री प्रेम आले, मन्त्रालयका उच्चपदस्थ अधिकारी चिडियाखानाका अधिकारी तथा कर्मचारीहरूले स्वागत गर्नुभएको थियो । रेडियो नेपाल

Facebook Comments