Sat. Sep 21st, 2024

सवारी दुर्घटनामा परी झापामा दुईजनाको ज्यान गयो

काठमाडौं, २०७७ फागुन १९ गते बुधबार

झापाको कनकाई नगरपालिका ३ सुरुंगामा बुधवार भएको सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ । कन्काइ ३ कोटीहोमा ट्क, कार र मोटरसाइकल दिउँसो ३ बजेर ४० मिनेटमाा एक आपसमा जुध्दा कारमा सवार दुईजनाको मृत्यु भएको जिल्ला ट्फिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रदेश १,  ००१ च ०१६७ नम्बरको कार, प्रदेश १, ०१३ प १७८३ नम्बरको मोटरसाईकल र विपरित दिशा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ क १६८४ नम्बरको मालवाहक ट्क एक आपसमा जुध्दा कारमा सवार सोलुखुम्बु जिल्ला पासाडल्यामु गाउँपालिका १ बस्ने बर्ष ३३ दिलिप रानामगर र धरान नगरपालिका १६ का बर्ष २६ का दिपक क्षेत्रीको निधन भएको छ । दुर्घटनामा परी ६ जना घाईते बनेका छन् ।

सोलुखुम्बु पासाडल्यामु १ का बर्ष २७ का अन्जु मगर, बर्ष ३३ का सुरेश मगर, सुनसरी इटहरी ४ का बर्ष ३६ का समिर रानामगर, शिवसताक्षी २ का बर्ष ३९ का यामबहादुर श्रेष्ठ, सोही स्थानकी बर्ष ३१ का सनम श्रेष्ठ घाइते बनेका छन् । घाइते सबैको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा परेका सबै सवारीलाई ईलाका प्रहरी कार्यालय सुरुंगामा राखिएको छ ।

ट्रक चालक मोरङ विराटनगर-१५ बस्ने प्रेम बहादुर वाईबा प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ । गोरखापत्र

Facebook Comments