२०८३ मंसिर ११, शुक्रवार

एपेक बैठकमा सहभागी पाहुनाको स्वागतमा सी चिनफिङद्वारा रात्रिभोज आयोजना

सन् २०२६ नोभेम्बर १८ मा दक्षिण चीनको ग्वाङडोङ प्रान्तस्थित शनचनमा आयोजित स्वागत भोजलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले सम्बोधन गर्दै। ३३औँ एसिया-प्रशान्त आर्थिक सहयोग (APEC) आर्थिक नेताहरूको बैठकमा सहभागी हुन आएका पाहुनाहरूको स्वागतार्थ चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनकी पत्नी पेङ लियुआनले बुधबार शनचनमा एक भोजको आयोजना गर्नुभयो। (सिन्ह्वा/याओ दावेई)

       

शनचन (चीन) । चिनियाँ राष्ट्रपति सी चिनफिङ र उहाँकी पत्नी फङ लियुआनले ३३औँ एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) नेताहरूको बैठकमा सहभागी हुन चीन पुगेका विशिष्ट पाहुनाहरूको स्वागतमा बुधबार रात्रिभोज आयोजना गर्नुभएको छ ।

सन् २०२६ नोभेम्बर १८ मा दक्षिण चीनको ग्वाङडोङ प्रान्तस्थित शनचनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनकी पत्नी पेङ लियुआनले पाहुनाहरूसँग सामूहिक तस्बिर खिचाउँदै। ३३औँ एसिया-प्रशान्त आर्थिक सहयोग (APEC) आर्थिक नेताहरूको बैठकमा सहभागी हुन आएका पाहुनाहरूको स्वागतार्थ चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनकी पत्नी पेङ लियुआनले बुधबार शनचनमा एक भोजको आयोजना गरे। (सिन्ह्वा/ली सियाङ)

चीनको दक्षिणी प्रान्त क्वाङतोङको सेन्जेनमा आयोजित स्वागत समारोहमा राष्ट्रपति सीले चिनियाँ सरकार र जनताका तर्फबाट सबै विशिष्ट पाहुनालाई हार्दिक स्वागत गर्नुभयो ।

स्वागत मन्तव्यका क्रममा उहाँले खुलापन सेन्जेनको पहिचानमै गहिरोसँग जोडिएको, नवप्रवर्तनले सहरको जीवन्तता बढाएको र सहकार्य नै यसको शक्तिको प्रमुख आधार रहेको बताउनुभयो ।

सन् २०२६ नोभेम्बर १८ मा दक्षिण चीनको ग्वाङडोङ प्रान्तस्थित शनचनमा आयोजित स्वागत भोजलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले सम्बोधन गर्दै। ३३औँ एसिया-प्रशान्त आर्थिक सहयोग (APEC) आर्थिक नेताहरूको बैठकमा सहभागी हुन आएका पाहुनाहरूको स्वागतार्थ चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनकी पत्नी पेङ लियुआनले बुधबार शनचनमा एक भोजको आयोजना गर्नुभयो। (सिन्ह्वा/सिए हुआनची)

सेन्जेनको सफलता चीनको सुधार तथा खुलापन नीतिको एउटा प्रतिरूप हुनुका साथै एसिया-प्रशान्त क्षेत्रमा सहकार्यबाट प्राप्त उपलब्धिको उदाहरणसमेत रहेको राष्ट्रपति सीको भनाइ थियो ।

एपेक स्थापनाकालदेखि नै खुलापन, नवप्रवर्तन र सहकार्य यसको विशिष्ट पहिचानका रूपमा रहँदै आएको उल्लेख गर्दै उहाँले एपेकले समयको आवश्यकता र क्षेत्रीय आर्थिक एकीकरणको प्रक्रियालाई मार्गनिर्देशन गरेको बताउनुभयो । यसले एसिया-प्रशान्त क्षेत्रलाई विश्वकै सबैभन्दा गतिशील क्षेत्र तथा विश्व अर्थतन्त्रको महत्त्वपूर्ण विकास इन्जिनका रूपमा स्थापित गर्न योगदान पुर्‍याएको उहाँले उल्लेख गर्नुभयो ।

राष्ट्रपति सीले बिहीबार हुने नेताहरूको बैठकमा पारस्परिक खुलापन विस्तार गर्ने उपाय, नवप्रवर्तनमा आधारित आर्थिक विकासका मार्ग तथा विभिन्न क्षेत्रमा परिणाममुखी सहकार्यका अवसर विस्तार गर्ने विषयमा छलफल गरिने जानकारी दिनुभयो ।

रात्रिभोजअघि राष्ट्रपति सी र उहाँकी पत्नी फङ लियुआनले एपेकका सदस्य अर्थतन्त्रका नेताहरू, प्रतिनिधिहरू तथा उनीहरूका जीवनसाथीसँग सामूहिक तस्बिर खिचाउनुभएको थियो ।

रात्रिभोजपछि राष्ट्रपति दम्पतीले पाहुनाहरूसँगै सांस्कृतिक तथा कलात्मक प्रस्तुति अवलोकन गर्नुभएको थियो । सिन्ह्वा

Facebook Comments