चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता
- एसिया-प्रशान्त आर्थिक सहयोग (APEC) को ३३ औँ शिखर सम्मेलन
पैचिङ । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले शन चनमा एशिया प्रशान्त आर्थिक सहयोग संगठन (एपेक)का नेतागणको अनौपचारिक सम्मेलनमा सहभागी हुन चीन आउनुभएका रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग आज भेटवार्ता गर्नुभएको छ ।
वर्तामा राष्ट्राध्यक्ष सी चिनफिङले चालू वर्ष चीन र रुसको रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको स्थापनाको ३०औं वार्षिकोत्सव हो र पनि “चीन-रुस असल छिमेकी मैत्रीपूर्ण सहयोगात्मक सन्धि”मा हस्ताक्षर भएको २५औं वार्षिकोत्सव हो भन्दै चीन र रुसको सम्बन्धले समान व्यवहार, पारस्परिक सम्मान, वचनबद्धतामा महत्व दिने, सहयोग र साझा विजयीको नयाँ प्रकारको ठूलो मुलुकको सम्बन्धको आदर्शको स्थापना गरेको कुरा बताउनुभयो।
साथै सी चिनफिङले चीन र रुसको विकास एशिया प्रशान्तको विकासित घनिष्ठ रुपमा जोडिएको, एशिया प्रशान्त आर्थिक सहयोग संगठन सहकार्यलाई बढाउने महत्वपूर्ण चौतारो हो भन्दै चीनले रुसलगायतका एशिया प्रशान्तका परिवारसँग मिलेर एशिया प्रशान्तको समृद्धि तथा विकास खोज्ने र एशिया प्रशान्त समुदायको सिर्जना गर्ने आशा लिएको कुरामा जोड दिनुभयो।
पुटिनले चालू वर्षयता राष्ट्राध्यक्ष सी चिनफिङसँग चार पटक फलदायक भेटवार्ता गरेको, ती भेटवार्ताहरूले रुस र चीनको सम्बन्धलाई राम्रो विकास प्रवृत्तिलाई कायम राख्न अगाडि बढाएको कुरा बताउनुभयो। पुटिनले चीनलाई शन चनमा एशिया प्रशान्त आर्थिक सहयोग संगठनका नेतागणको अनौपचारिक सम्मेलनको सफलताका साथ आयोजना गर्न शुभकामना दिनुभयो। सीजिटिएन

