२०८३ मंसिर १, मंगलवार

‘सीएमजी सञ्चारमाध्यम रात’ शन चनमा आयोजित

- एशिया प्रशान्त आर्थिक सहयोग संगठनको ३३औँ राष्ट्रनायक अनौपचारिक सम्मेलन

       

पैचिङ । एशिया प्रशान्त आर्थिक सहयोग संगठनको ३३औँ राष्ट्रनायक अनौपचारिक सम्मेलनको अवसरमा नोभम्बर १६ तारिख चाइना मिडिया ग्रुपले ‘एशिया प्रशान्त एउटै मनमा संयुक्त भविष्यको सिर्जना गर्ने…..सीएमजी सञ्चारमाध्यम रात’ शीर्षकीय कार्यक्रम शन चनमा शुरु गरेको छ।

विश्वका ६२ वटा मुलुकबाट आएका ६९ जना सञ्चारमाध्यमका प्रतिनिधिहरु तथा चिनियाँ सञ्चारमाध्यम,व्यवसाय र सांस्कृतिक कला क्षेत्रका प्रतिनिधिहरुले भेला भएर वैज्ञानिक प्राविधिक सिर्जना,सञ्चारमाध्यम सहयोग आदि विषयबारे गहिरो रुपमा वार्ता गरी सहयोगात्मक सहमति जनाउँदै आपसी हित र साझा विजयलाई अघि बढाएका छन्।

चाइना मिडिया ग्रुपका उपप्रमुख छी चु छुवान,क्वाङ तोङ प्रचार विभागका उपमन्त्री छन स्याउवै,मेक्सिको राष्ट्रिय सार्वजनिक सांस्कृतिक टेलिभिजन स्टेशनका प्रमुख सपेता आदि चिनियाँ र विदेशी अतिथिहरुले कार्यक्रमको भाग लिनुभएको छ।

चाइना मिडिया ग्रुपका उपप्रमुख छी चुछुवानले आफ्नो सम्बोधनमा एशिया प्रशान्तका सञ्चारमाध्यमले व्यापक रुपमा खुला सहयोगको आवाज प्रचार गर्न, सिर्जनात्मक विकासको चित्र बनाउन, तथा एशिया प्रशान्त भाग्य एकरुपताको निर्माण गर्न सञ्चारमाध्यमलाई शक्ति प्रदान गर्नुपर्ने बताउनुभयो।

‘सीएमजी सञ्चार माध्यम रात’ एउटा अन्तर्राष्ट्रिय आदानप्रदान चौतारोको स्थापना गरेर एशिया प्रशानका विभिन्न आर्थिक समूहका सञ्चारमाध्यम र विभिन्न क्षेत्रका व्यक्तिलाई आपसी जानकारी लिने,मित्रता बढाउने र सहयोगलाई विस्तृत पार्ने नयाँ मौका प्रदान गरेको छ। सिजिटीएन

Facebook Comments