Fri. Nov 15th, 2024

प्रचण्ड-माधव समुहले भोली नेपाल बन्द गर्ने

काठमाडौं, २०७७ माघ २१ गते बुधबार

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी नेकपाले संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध आमहड्ताल लगायत आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधवार आकस्मिक पत्रकार सम्मेलन आयोजना गरी प्रचण्ड-नेपाल समूहले संवैधानिक नियुक्तिहरू खारेज गर्न माग गर्दै बिहीवार बन्द लगायत आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । हड्तालको पूर्वसन्ध्यामा नेकपाले बुधवार काठमाडौंमा मसाल जुलुस प्रदर्शन गरेको छ ।

२८ गतेका लागि निर्धारित सभा यथावत राख्दै भोलिका लागि तय भएको युवा र्‍याली २८ गतेपछि गर्नेगरी सारिएको स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिनुभयो ।  पत्रकार सम्मेलनमा नेकपा प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले संविधान उल्ट्याउने गरी प्रतिगामी षड्यन्त्र गरेको आरोप लगाउनु भयो ।

Facebook Comments