२०८३ कार्तिक १३, शुक्रवार

सुन तोलामा तीन हजार २०० रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालो

       
  • सुन तोलामा तीन हजार २०० रुपैयाँले घट्यो ।
  • चाँदी तोलामा १०५ रुपैयाँले सस्तियो ।
  • सुन प्रतितोला दुई लाख ८० हजार ३०० रुपैयाँ कायम ।

 काठमाण्डू । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला तीन हजार २०० रुपैयाँ र चाँदीको मूल्य १०५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ८२५ रुपैयाँ कायम भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ र चाँदी तीन हजार ९३० रुपैयाँमा कारोबार भएको थियो । रासस

Facebook Comments