२०८३ आश्विन २७, मंगलवार

परराष्ट्रमन्त्री खनालसँग स्वीट्जरल्यान्डका राजदूतको शिष्टाचार भेट   

       

काठमाण्डू । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. ड्यानिएल मेउलीले शिष्टाचार भेट गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र स्वीट्जरल्यान्ड बीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा बहुआयामिक सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

यसै वर्ष नेपाल र स्वीट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा हुँदैछ । सन् १९५६ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । रासस

Facebook Comments