२०८३ आश्विन ३, शनिवार

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा ६ जनाको मृत्यु, १४४ जना घाइते

       

भिओके समाचार/काठमाण्डू । पछिल्लो २४ घण्टा (२०८१ असोज ०२ गते) को अवधिमा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी कुल ६ जनाको मृत्यु भएको छ भने १४४ जना घाइते भएका छन्

विभिन्न प्रदेश तथा उपत्यका क्षेत्रमा भएको मानवीय क्षतिको विवरण यस प्रकार रहेको छ:

  • कोशी प्रदेश: १ जनाको मृत्यु र ३२ जना घाइते

  • मधेश प्रदेश: १ जनाको मृत्यु र ३६ जना घाइते

  • काठमाडौँ उपत्यका: १ जनाको मृत्यु र १९ जना घाइते

  • बागमती प्रदेश: १ जनाको मृत्यु र ३ जना घाइते

  • गण्डकी प्रदेश: १ जनाको मृत्यु र ८ जना घाइते

  • लुम्बिनी प्रदेश: १ जनाको मृत्यु र ३५ जना घाइते

  • कर्णाली प्रदेश: मृत्यु ० जना, १ जना घाइते

  • सुदूरपश्चिम प्रदेश: मृत्यु ० जना, १० जना घाइते

पछिल्लो समय सडक दुर्घटनाको संख्यामा वृद्धि भइरहेको भन्दै ट्राफिक प्रहरीले सवारी चालक तथा पैदलयात्रीहरूलाई थप सतर्कता अपनाउन र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।

Facebook Comments