अष्ट्रेलियालीको आप्रवासन नीतिमा कडाइ
क्यानबेरा । अष्ट्रेलिया सरकारले देशमा आप्रवासन नियन्त्रण गर्न तयार गरिएको आप्रवासन नियन्त्रण तथा परिवर्तन नीति अन्तर्गत अन्तरराष्ट्रिय विद्यार्थीको परिवारका सदस्यका लागि भिसा प्रतिबन्ध जारी गर्ने जनाएको छ ।
गृह मामिलामन्त्री टोनी बर्कले बिहीबार राष्ट्रिय प्रेस क्लबलाई सम्बोधन गर्दै आप्रवासन नियममा परिवर्तन भएकोे पुष्टि गर्दै चालू आर्थिक वर्षमा शुद्ध विदेशी आप्रवासन दुइ लाख ४५ हजार र सन् २०२७–२८ मा दुई लाख २५ हजार कटौती गर्ने बताउनुभयो ।
यो घोषणा अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सको नयाँ तथ्याङ्कसँग मिल्दोजुल्दो थियो जसले गत मार्चमा शुद्ध विदेशी आप्रवासनले राष्ट्रिय जनसङ्ख्यामा दुई खाल ९२ हजार १०० मानिस थपेको देखायो, जुन अघिल्लो १२ महिनामा तीन लाख नौ हजार ५०० थियो ।
बर्कले घोषणा गरेका परिवर्तन अन्तर्गत, अष्ट्रेलियामा अध्ययन गर्न आएका र भिसा अवधि वाँकी भएका अन्तरराष्ट्रिय विद्यार्थीले अब स्वचालित रूपमा पहिलेको जसरी आफ्नो परिवार ल्याउन पाउने छैनन् ।
सरकारी तथ्याङ्कअनुसार अस्ट्रेलियाले सन् २०२५–२६ मा तीन लाख ३७ हजार ४२७ विद्यार्थी भिसा प्रदान गरेको थियो, जसमध्ये ४५ हजार ९९१ जना आश्रित वा प्राथमिक आवेदकका परिवारका सदस्यका लागि थियो ।
यसअघि नै आफ्नो परिवार आफ्नो भिसामा संलग्न गरिसकेका साथै प्यासिफिक र आसियान राष्ट्रका अन्तरराष्ट्रिय विद्यार्थी र पिएचडी विद्यार्थीलाई परिवर्तित नियमबाट छुट दिइने बर्कले बताउनुभयो ।
उहाँले भिसा अवधि सकिएपछि पनि लामो समयसम्म अष्ट्रेलियामै बस्ने, अस्थायी भिसाबाट अन्य भिसा परिवर्ननको प्रयास गर्ने र भिसा प्रणलीको दुरुपयोग गर्ने अन्तरराष्ट्रिय विद्यार्थीमाथि नयाँ नियमअनुसार कारबाहि हुने बताउनुभएको छ ।
उहाँले नयाँ नियम अनुसनर अन्तरराष्ट्रिय विद्यार्थीलाई आफ्नो प्रवास विस्तार गर्न योग्यता मापन बढाउन आवश्यक रहेको बताउँदै भिसाको अवधि सकिएकालाई अष्ट्रेलिया छोड्न सुनिश्चित गर्न १०० जना नयाँ अनुगमन अधिकारी नियुक्त गरिने उल्लेख गर्नुभएको छ ।
“यदि तपाईँ अस्थायी रूपमा अष्ट्रेलिया आउन चाहनुहुन्छ भने, अस्थायी भिसाका लागि आवेदन दिनुहोस् स्थायी रूपमा अष्ट्रेलिया आउन चाहनुहुन्छ भने स्थायी भिसाका लागि आवेदन दिनुहोस्” बर्कले भन्नुभयो । यदि तपाईसँग अब वैध भिसा छैन भने, तपाईँले अस्ट्रेलिया छोड्नुपर्छ,” उहाँले थप्नुभयो ।
उहाँका अनुसार निर्माण र कृषिसहित आवश्यक क्षेत्रमा सीप भएका आप्रवासीलाई प्राथमिकता दिन कुशल श्रमिक भिसाका लागि आवेदन विचार गर्ने आदेशमा संशोधन गरिनेछ र सक्रिय छुट्टी भिसा कार्यक्रममा प्रणाली सुरु गर्न आवाश्यक सुधार गरिनेछ ।
बाह्र महिनाको कार्य तथा छुट्टी भिसामा आएका आगन्तुकलाई हाल यदी तिनीले ८८ दिनको क्षेत्रीय काम पूरा गरी थप छ महिना काम पूरा गरे भने स्वचालित रूपमा दोस्रो वर्ष दिइने जनाइएको छ ।
करीव ४५ हजार योग्य र छुट्टी भिसा भएका मानिसलाई दोस्रो वर्ष र पाँच हजारलाई तेस्रो वर्ष प्रदान गरिने जनाइएको छ । बुर्केका अनुसार सन् २०२५–२६ मा ५७ हजार मानिस दोस्रो वर्षका लागि र ३१ हजार तेस्रो वर्षका लागि योग्य भएका छन् । रासस/सिन्ह्वा
Facebook Comments

